साजिर मन्सुर,कलैया । अन्तर्राष्ट्रिय युवा दिवस २०२१ बारा को सदरमुकाम कलैया मा पनि मनाइएको छ । दिवसको अवसरमा कलैया उपमहानगरपालिकाको सभाहलमा “विकासको लागी युवा सहभागीता” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
एनसिइ नेपाल जिल्ला समन्वय समिति बाराको आयोजना तथा गढिमाई युनेस्को क्लबको सहकार्यमा भएको कार्यक्रममा प्रमुख अतिथि कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादवको रहेको थियो ।

गढिमाई युनेस्को क्लबको अध्यक्ष मन्जु सुबेदिको अध्यक्षतामा भएको कार्यक्रममा महिला संजाल बारा कि अध्यक्ष बबिता जयसवाल , दलित जनजाति उत्थान केन्द्र का अध्यक्ष बनारसी साह ,अनेरास्ववियुका स्थायी कमिटी सदस्य इमरान आलम ,बिपि कोईराला स्कुल अफ पब्लिक पोलिसी बाराका अध्यक्ष निजामुदिन अन्सारी,विश्व हिन्दु युवा संघ बारा का अध्यक्ष सागर पटेल ,जेजेवाइसी बारा का कार्यकारी निर्देशक श्री निवास वैठा,समृद्ध नेपालका अध्यक्ष अरबिन्द यादब ,लुमन्ती आवस को लागि सहयोग समुह कलैयाका सामुदायिक सहजकर्ता अनिल मण्डल लगायतकाको उपस्थिति रहेको थियोे ।

उक्त अन्तरक्रिया कार्यक्रममा बोल्दै नगर प्रमुख यादवले आज कुनै पनि बिकासका लागि सबै युवाको साथ हुनु जरुरी भएको बताए । परिवर्तनका निम्ति युवा जमातको साथ र सहभागिता अत्यावश्यक भएको बताए । यादबले युवाहरु आज केवल समाजिक सन्जालमा आफ्नो जिवनको महत्वपूर्ण समय खेर फालिरहेको प्रती आफू दुखित बनेको बताउदै सबैलाई उपलब्धि मुलक कार्यमा युवाहरु लाग्नु पर्ने बताए ।

अहिले युवाहरु कुलतमा फसेको बताउदै यसलाई हामी सबैले मिलेर अभिभावकहरु समेत सचेत हुनुपर्ने र सहि समय आ आफ्नो छोराछोरी लाई दिनुपर्ने बताए ।

रोजगारका लागि सीप सिकाएर काम दिने कार्यक्रम पनि महत्वका साथ दिइरहेको बताउदै अन्तरास्ट्रिय युवा दिवसका अवसरमा सबै नेपाली युवाहरुलाई सुभकामना दिएका छन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर