रौतहट । रौतहटमा श्रोत नखुलेको भारतीय नोट सहित २ जना पक्राउ परेका छन् ।
ईशनाथ नगरपालिका वडा नं. १ बंजरा टोल लाल बकैयाको बाध स्थीत सिमा प्रहरी चौकी बंजराबाट खटीएको प्रहरी चेकिङ टोलीले सवारी तथा पैदल यात्रुहरुलाई चेकजाँचको क्रममा नेपाल भारत सिमाबाट नेपाल तर्फ आउदै गरेको बा ३९ प १६९१ नं.को मोटरसाईकललाई रोकी चेक जाँच गर्दा १ लाख भन्दै बढी श्रोत नखुलेको रकम सहित दुई जना लाई पक्राउ गरेको हो ।
पक्राउ पर्ने मा जिल्लाको गौर नगरपालिका वडा नं. ४ टिकुलिया बस्ने ३० वर्षीय सुखाडी सहनी र गरुडा नगरपालिका वडा नं. १ जयनगर बस्न ३५ वर्षीय को अनिल भन्ने बिकास साह रहेका छन् । प्रहरी ले श्रोत नखुलेको १ लाख ८३ हजार ५ सय रुपैया बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक नारायाण प्रसाद चिमोरियाले बताउनु भयो ।
फेला परेको भारतिय रुपैया, मोटरसाईकल र पक्राउ परेका दुई जनालाई आवश्यक कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाईएको जिल्ला प्रहरी कार्यालय रौतहट ले जनाएको छ ।