कलैया । नेपाल परिवार दल बाराले शनिवार देवताल गाउँपालिकाको पिप्राढीमा रक्षा बन्धनको उपलक्ष्यमा अति विपन्न घर परिवारलाई राहत स्वरुप खाद्यान्य सामग्री वितरण गरेको छ ।
अति विपन्न परिवारलाई चामल, दाल, चिनी, नुन, तेल, मसला, आटाको साथै नुहाउने साबुन र मास्क पनि वितरण गरेको पार्टी प्रवक्ता उपेन्द्र पासवानले जानकारी दिनुभयो ।
राहत वितरण प्रमुख अतिथि एवम् जिल्ला अध्यक्ष रामचन्द्र चौधरीले गर्नुभएको थियोे । अच्छेलाल रामको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी कार्यकर्ता, समाजसेवी, सुरक्षाकर्मी र स्थानीयको उपस्थिति थियो ।