कलैया ।गाईजात्राको अवसरमा समलिङ्गी तथा तेस्रोलिङ्गीद्वारा कलैयामा बाजागाजा सहित भब्य ¥याली निकालेका छन् । ब्लु डायमण्ड सोसाइटी बारा शाखाको आयोजनामा निकालिएको ¥याली नगर परिक्रमा गरी भरत चौकमा गएर सम्पन्न भएको सोसाइटीकी कार्यक्रम संयोजक पूर्णिमा श्रेष्ठले बताइन् । श्रेष्ठले यो जात्रा विशेषतः बितेको वर्षभित्र आफन्तजन गुमाउने परिवारका सदस्यहरूका लागि मृतकको सम्झना, स्नेह तथा निकटताका क्षणहरूको विशेष स्थान रहने कारणले अत्यन्त महत्व राख्ने बताउदै कोरोनाका महामारीमा स्वास्थ्य मापदण्ड अपनाएर आफूहरु जात्रा मनाइरहेको बताइन् ।
नेपाल भाषामा ‘गाईजात्रा’ लाई ‘सापारु’ पनि भन्ने गरिएको श्रेष्ठले स्मरण गराउनुभयो । समाजमा विकास र परिवर्तन आएपनि संघ, प्रदेश र स्थानीय तहको सरकारले हामी माथिको सोच परिवर्तन नगरेकोप्रति दुःख व्यक्त गर्दै सबै तहले केवल आ–आफ्नाका लागि लाखाँै करोडौं बजेट सिध्याउने गरेपनि आफूहरुले एचआईभीको क्षेत्रमा गरेको उल्लेखनिय कामका लागि अहिले सम्म बजेट नदिएको दुखेसो पोखिन ।

बारामा मात्र करिब ५ हजारको संख्यामा एचआईभी संक्रमित रहेको र सबैलाई आफूहरुले सुरक्षित रुपमा परामर्श र औषधि वितरण गर्ने गरेको ब्लु डायमण्ड सोसाइटी बाराका फाईनान्स अफिसर राघव राजरैतले बताए ।

श्रेष्ठले गाईजात्रामा विभिन्न रसिक कुराकानी, ठट्यौली, चुट्किला र प्रर्दशन समेत गर्ने गरिएको बताउदै समलिङ्गी तथा तेस्रोलिङ्गीहरु हाम्रो समाजमा अहिले पनि विभिन्न अपमान सहनु परेको तितो अनुभवलाई बिर्सन आफूहरुले पनि गाईजात्रा मनाउने गरेको बताइन् । संस्थाकी रेशमाले गाई र जात्रा अर्थात् यस दिन माता र पृथ्वीको रूपमा हिन्दू संस्कारमा पूजनीय गाईको जात्रा पनि भएको बताइन् ।

आजको दिन यमराज अर्थात् मृत्युका देवताको पूजा अर्चना गरेमा मृतआत्माहरूले मुक्ति पाउने जनविश्वास पनि रहिआएको उनले बताइन् । गाईजात्रा निकाल्दा गाईलाई अघि अघि लाएर जात्रा निकालिन्छ यदि गाई नभएमा कुमार केटोलाई गाई जस्तै बनाएर अघि लाइने रेशमाले बताइन् ।

संस्थाले यो बर्ष कोरोना महामारीका कारण काठमाडाँैमा भिडभाड नगरी प्रत्येक जिल्लामा २५ जनाको सहभागीतामा स्वास्थ्य मापदण्डको पालना गरी मनाइरहेको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर