कलैया ।बारा सदरमुकाम कलैयास्थित जिल्ला अस्पताल अगाडि रहेको हकिम पोलि एण्ड डेन्टल क्लिनिकको सोमवार एक कार्यक्रमकाबीच कलैया उपमहानगरपालिकाका प्रमुख राजेश राय यादवले रिबन काटेर उद्घाटन गर्नुभएको छ ।
वि.स. २०३८ सालमा स्थापना गरेर करिब ४ वर्षदेखि बाराली तथा छिमेकी जिल्लाहरुको नागरिकलाई हकिम फार्मेसीले सहज सेवा दिदै आएको र अब पोलि क्लिनिक मार्फत सेवा दिन क्लिनिक खोलेको सञ्चालक हकिम अंसारीले बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि यादवले क्लिनिक स्थापनाबाट नगर सहित जिल्लाका सबै नागरिकले सहज सेवा लिन सक्ने बताउदै ज्येष्ठ नागरिकका लागि निःशुल्क सेवा दिन आग्रह गर्नुभएको थियो । संचालक अन्सारीले आग्रह मान्दै र राम्रो सल्लाह भएको भन्दै ६० वर्ष माथिका नागरिकलाई निः शुल्क ओपिडी सेवा उपलब्ध गराउने घोषणा गर्नुभयो । उहाँले ज्येष्ठ नागिरकलाई निः शुल्क सेवा गर्नु आफ्नो चाहना रहेको समेत बताउनुभयो ।
उक्त अवसरमा विशिष्ट अतिथि पूर्व मन्त्री कलावती पासवान, जसपा केन्द्रीय सदस्य डा.कमरुल्लाह अन्सारी, वडा नम्बर २७ का अध्यक्ष रेयाजुल अन्सारी, नागरिक समाज बाराका अध्यक्ष उमेशलाल दास, डाक्टर अब्दुल रहमान, मौलाना अब्दुल रहमान लगायत समाजसेवीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन साजिर मन्सूरले गर्नुभएको थियो ।







