कलैया । कलैयाबाट पिलुवा तर्फ जादै गरेको पिकअप अनियन्त्रित हुँदा दुई जना घाइते भएका छन् । कलैया उपमहानगरपालिका वडा नम्बर २४ श्रीपुरस्थित कलैयाबाट पिलुवा तर्फ जादै गरेको ग.१च.५०५३ न.को पिकअप आफै अनियन्त्रित भई बाटोको किनारामा गई पल्टिदा दुई जना घाइते भएका हुन् ।

घाइते हुनेमा महागढीमाई नगरपालिका वडा नम्बर ५ बस्ने २७ वर्षीय लालबाबु प्रसाद जैसवालको श्रीमती २५ वर्षीय चन्दा देवी जैसवाल र उनकै भान्जी १२ वर्षीय किन्जल जैसवाल रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताउनुभयो ।

घाइते दुबै जनाको स्थानीय मेडिकलमा उपचार भईरहेको र उपचारमा पिकअप चालक सम्लग्न रहेका छन् ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर