
कलैया । जिल्ला वन कार्यालय बाराका तत्कालीन जिल्ला वन अधिकृत भैरव प्रसाद घिमिरे सहित तीन जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत मा मुद्दा दायर गरेको छ ।
घिमिरे सहित तत्कालीन सहायक वन अधिकृत बिन्देश्वर प्रसाद पटेल ,तत्कालीन सहायक वन अधिकृत दिनेश प्रसाद जायसवाल उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायण प्रसाद रिसाल ले बताउनु भयो ।
जिल्ला वन कार्यालय बारामा अम्रिसो बिरुवा उत्पादन वा खरिद तथा वितरणको लागि बाँसको कलमी बिरुवा उत्पादन वा खरिद तथा सदुपयोगको लागि र नदी उकास जग्गामा खयर, सिसौ, सिमल आदि प्रजातिका बिउ खरिद गरी छर्नको लागि बढी मूल्यमा महंगोमा खरिद गरी रकम हिनामिना एवं हानिनोक्सानी भएको देखिएकोले तिनै जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ बमोजिम मंगलवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको प्रब्क्ता रिसालले बताउनु भयो ।
घिमिरे र पटेल विरुद्ध ४ लाख ९० हजार र जयसवाल विरुद्ध ३ लाख ९० हजार अख्तियार ले विगो माग दावी गरेको छ ।