काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले प्रवक्ताको जिम्मेवारी योगेश भट्टराईले सम्हालेका छन् ।
मंगलबार बसेको एमाले स्थायी समिति बैठकले पार्टीका संरचना २ जेठ ०७५ कै अवस्थामा ब्यूँताउने सहमति गरेसँगै बुधबारदेखि भट्टराई प्रवक्ताकै जिम्मेवारीमा फर्किएका हुन् ।
उनले बुधवार अथार्थ आजदेखि नै औपचारिक रूपमा प्रवक्ताको जिम्मेवारी सम्हालेका हुन् ।