कलैया । बारा को जगदम्बा स्टिल मा ग्यास लिक भएको विरोधमा स्थानीयले उद्योगको मुल गेटमा तालाबन्दी गरेका छन् । उद्योगको नयाँ ग्यास प्लान्टमा लिकेज भएको विरोधमा स्थानीयले शुक्रवार दिउँसो तालाबन्दी गरेका हुन् ।
ग्यास लिकेज हुँदा स्थानीयको स्वास्थ्यमा समस्या देखिएको भनदै उनीहरुले तालाबन्दी गरेका हुन् । लिकेज भएको ग्यासकै कारण स्थानीय बेहोस भएपछि आक्रोशित हुँदै स्थानीयले तालाबन्दी गर्नुका साथै पथलैया सिमरा सडकसमेत अवरुद्ध गरेका थिए ।
लिकेज भएको ग्यासको उचित व्यवस्थापन नभएसम्म तालाबन्दी जारी रहने स्थानीयको भनाई छ ।