कलैया । पर्सा प्रहरी ले हुण्डी कारोबार गर्ने दुई जना लाई १० लखा भन्दा बढी रकम सहित नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यालय जानकीटोला बाट जगरनाथपुर गाउँपालिका वडा नं.२ स्थित कार्यालय अगाडी बाटोमा खटिएको नियमित चेकिङ टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको नम्बर प्लेट नभएको प्लाटिना मोटरसाइकललाई शंका लागि रोकी जाँच गर्दा उक्त मोटरसाइकलको सिट मुनि लुकाइछिपाई ल्याएको श्रोत नखुलेको १० लाख ६३ हजार ६२० नेपाली रुपैयाँ र एक हजार ६ सय भारतीय रकम गरेको हो ।

पक्राउ पर्नेमा बिहार पश्चिम चम्पारण ईनर्वा बस्ने ४५ वर्षीय बृजकिशोर गिरी र धोविनी गाउँपालिका वडा नं.२ गुलरिया बस्ने ५० वर्षीय रामपुकर पटेल रहेको जिल्ला प्रहरी कार्यालय पर्सा का प्रब्क्ता एवं प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले बताउनु भयो ।

पक्राउ परेका दुबै लाई ईलाका प्रहरी कार्यालय पोखरियामा राखिएको र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ बिरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक खनालले बताउनु भयो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर