काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले निजामती सेवा दिवसका अवसरमा ‘राष्ट्रसेवक कर्मचारी वृक्षरोपण अभियान’ शुभारम्भ गर्नुभएको छ । उहाँले आज काठमाडौँ महानगरपालिका–१३ विष्णुमति करिडोर क्षेत्रमा विभिन्न प्रजातिका बिरुवा रोपण गरी सो अभियानको सुरुआत गर्नुभएको हो । सो क्षेत्रमा कपुर २५, समी २५, क्यालेण्ड्रा २०, टिकोमा १५, करविर १५ र वगमवेलीका ३० बिरुवा रोपण गरिएको वन तथा वातावरण मन्त्रालयका सचिव डा प्रेमनारायण कँडेलले जानकारी दिनुभयो ।

कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँण, मुख्यसचिव शङ्करदास बैरागी, नेपाली सेनाका कामु प्रधानसेनापति प्रभुराम शर्मा विभिन्न मन्त्रालयका सचिवलगायतको उपस्थिति थियो ।रासस

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर