कलैया । कलैया उपमहानगरपालिकाले नागरिकहरुलाई सहज रुपमा आफ्नो सेवा प्रवाह सम्बन्धमा जानकारी गराउने उदेश्यले डिजिटल डिस्प्ले बोर्ड सन्चालनमा ल्याएको छ ।
उक्त बोर्डको एक कार्यक्रमका बिच नगर प्रमुख राजेश राय यादबले स्विच थिचेर उदघाटन गरेका छन । बोर्डबाट सेवाग्राहीले उपमहानगरपालिकाको सम्पुर्ण गतिबिधी तथा सुचना प्राप्त गर्ने नगर प्रमुख यादबले बताउनुभयो ।
कलैयाको सबै गतिबिधी आफुहरुले सबै नगरबासिमा सहज र सरल हिसाबले पुगोस भनेर आफुहरु सो का लागि काम गरिरहेको प्रमुख प्रशासकिय अधिकृत प्रल्हाद प्रसाद बर्णवालले बताएका छन ।
उक्त अवसरमा नगर उपप्रमुख रहिमा खातु,वडा अध्यक्षहरु अमिका यादब,रेयाजुल अन्सारी,राजन प्रसाद कुर्मी,स्वास्थ्य शाखा प्रमुख प्रेमचन्द्र प्रसाद जयस्वाल,प्रशासन शाखा प्रमुख हाजी मुस्ताक अन्सारी,लेखा प्रमुख दिब्या सरार्फ,प्राबिधिक शाखा प्रमुख ईश्वरनारायण यादब,स्थानिय शासन बिज्ञ नजबुल्लाह अन्सारी,सुचना प्रबिधी अधिकृत सुरेश कुमार यादब,राजस्व शाखाका तैयब अन्सारी,लेखापाल सुनिल कुमार यादब,लेखापाल किरण अधिकारी,जिन्सी शाखाका दिपेन्द्र यादब सहित सेवाग्राहीहरुको उपस्थिति रहेको थियो ।