
सिरहा । सिरहामा अबैध लागु औषध सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मिर्चैया नगरपालिका वडा नम्बर ५ बस्ने वर्ष २६ को मोहमद नियाज सेख रहेका छन् ।
उनको साथबाट १०.५ ग्राम ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । सिरहा नगरपालोका वडा नम्बर १७ काली चौक स्थितमा ईलाका प्रहरी कार्यालय माडर सिरहाबाट खटिएको प्रहरी गस्ति टोलीले चेकजाँच गर्ने क्रममा उनलाई पक्राउ गर्न सफल भएको हो । उनलाई नियन्त्रणमा लिएर थल अनुसन्धान भैरहेको प्रहरी को भनाई छ ।