
सिरहा । सिरहामा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा मोटरसाईकल चालक सुखीपुर नगरपालिका वडा नम्बर ९ बस्ने २० वर्षीय श्रवणकुमार महतो रहेका छन् ।
स ५ प २४०४ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई पल्टिएको अस्थायी प्रहरी पोस्ट कसहाले जानकारी दिएको छ ।
सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर ७ हनुमानचोकमा मोटरसाइकल अनियन्त्रित हुँदा दुर्घटना हुँदा चालक को मृत्यु भएको छ भने मोटरसाइकल मा सवार एक जना घाइते भएका छन् । घाइते भएका युवकको कसहा हेल्थ केयरमा उपचार भैरहेको छ ।