सिमरा । हिन्दु धर्मावलम्बीहरुले मनाउँने श्री गणेश चतुर्थीको शुभ अवसरमा बाराकाे बिभिन्न स्थानमा धुमधामका साथ शुक्रवार देखि ५ दिन सम्मका लागि श्री गणेश भगवानको भव्य पूजाको आयोजना गरिएको छ ।
शुक्रवार बिहान जितपुरमा शोभा यात्रा निकालेर भव्य रुपमा श्री गणेश चतुर्थी पूजनको आयोजना गरिएको हो ।
बिगत एक दशक देखि आयाेजना गरिए झैं यस वर्ष पनि श्री सिद्धिविनायक पूजा समिति जीतपुर, बाराको आयोजनामा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ जीतपुरमा ५ दिन सम्मका लागि गणेश भगवानको पूजा अर्चना सुरु गरिएको छ ।
पूजाको पहिलो दिन शुक्रवार बिहान पूजा समितिका अध्यक्ष श्रीराम साह कानुको अध्यक्षतामा पूजा स्थलबाट निकालिएको शोभा यात्रा घोडाकाे घाेड्दाैल र बाजागाजाका साथ उपमहानगरको जीतपुर स्थित मुख्य सड्क हुँदै पहाडिटोल , पाडाबाजार , केराढोका , टेंढारोड लगायतको बिभिन्न स्थानहरुको परिक्रमा गरि पुन ः पूजा स्थलमा फर्किएको थियो ।
उक्त शोभा यात्रामा वडा ७ का वडा अध्यक्ष रामबाबु गुप्ता , प्रदेश दुई युवा संघ नेपाल सदस्य मनाेज कुमार साह , नगर उधाेग संघ प्रतिनिधि शिवजि साेनर ,समाजसेवी अफाताब आलम, युनिक युवा कलब अध्यक्ष दिपक गुप्ता , जितपुर युवा कलब अध्यक्ष भुनेश पासवान , बिभिन्न राजनितिज्ञ लगायत स्थानीय समाजसेवी , स्कुल स्तरका छात्र–छात्राहरु , बिभिन्न क्लबका पदाधीकारीहरु सहिँतका श्रद्धालु भक्तजनहरुको सहभागिता रहेको थियो ।
पाँच लाखको अनुमानित लागतका भईरहेको सो पूजाका आचार्य पवन शास्त्रीका साथमा अन्य आचार्यहरुद्वारा मंत्रको उच्चारण गर्दै पूजा गराई श्री गणेश भगवानको प्रति मूर्तिको स्थापना गरि पूजाको शुभारम्भ भएको हो । विश्व शान्तिको कामना गर्दै जीतपुरमा आयोजना गरिएको पूजाको मुख्य आकर्षणको रुपमा श्री गणेश भगवानलाई भोग चढाइँने दुई सय ६५ किलोको लड्डु अर्थात् महाभाेग रहेको छ ।
उक्त अवसरमा प्रत्येक दिन हुँने सांस्कृतिक कार्यक्रम बिभिन्न स्थानका कलाकारहरू द्वारा सांस्कृतिक कार्यक्रम प्रस्तुत् गरिने आयोजक समितिका रबि साहले बताउनु भयो ।