वीरगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले आर्थीक वर्ष २०७८÷७९ को हालसम्मको अवधिमा १ लाख ६४ हजार ५ सय रुपैया राजस्व संकलन गरेको छ । चालु आ.व. को श्रावण १ गतेदेखि भदौ २४ गतेसम्मको अवधिमा २ सय ८८ जनालाई कारवाही गरेर कार्यालयले उक्त राजस्व संकलन गरेको हो ।
ट्राफिक नियमको उलंघन गर्ने २ सय ८८ जनाचालु आ.व.को हालसम्मको अवधिमा कारवाहीमा परेका हुन् । लाइसेन्सबिना सवारी चलाउने, मादकपदार्थ सेवन गरेर सवारी चलाउने, हेल्मेट नलगाउने, क्षमताभन्दा बढी यात्रु सवार, जिकज्याक गरेर चलाउने, तिव्र गतिमाचलाउनेहरुकै कारण सवारी दुर्घटना बढ्दै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुखप्रहरी निरीक्षक सुमन कार्कीले बताउनु भयो ।
ट्राफिक प्रमुख प्रहरी निरीक्षक कार्कीका अनुसार गत आ.व.मा पर्सा जिल्लामा जम्मा १ सय १४ वटा सवारी दुर्घटना भएकोमा १ सय १ वटा मोटरसाइकल दुर्घटनामा परेका थिए । ति दुर्घटनामा परी २८ जनाको मृत्यु हुनुका साथै ४८ जनागम्भिर घाइते भएकाथिएभने १ सय २ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको तथ्यांकमा उल्लेख छ । पछिल्लो समयमा विशेष गरी युवाहरुले तिव्र गतिमा हाँक्ने, मादक पदार्थ सेवन गरेर चलाउनाले दुर्घटना बढेको तथ्यांकले देखाउँछ ।
सोही दुर्घटनालाई कम गर्ने अभिप्रायले वीरगञ्जको आदर्शनगर, लक्ष्मणवा, इदगाह, रेल्वे रोड, मालपोत, राधेमाई, सिरसिया, तिलावे पुल, नगवा, घडिअर्वा, मालपोत चोक लगायतका स्थानमानियमित चेकजाँचभइरहेको प्रहरी निरीक्षककार्कीले बताए । उनकाअनुसार बेला बेलामाविभिन्न चोकहरुमा सरप्राईज चेकिंग समेत भइरहेको छ । सवारी दुर्घटना न्युनिकरणका लागिजनचेतना र चेकिंगमा कडाई गर्नु बाहेक अरु कुनै विकल्पनभएको कार्की बताउँछन् । उनी भन्छन्, ‘हामीले जनचेतनाकालागिविभिन्नपर्चा पम्पलेट वितरण गर्छाै, ट्राफिक नियमको बारेमा लेखिएकाहोर्डींग बोर्ड तथाब्यानरहरु लगाउँछौ ।
सबैलाई सम्झाउँछौ, तर पनिलापरवाहीकमीभएको छैन ।’ अँझै पनिकोभिड १९ को महामारी कमनभएको अवस्थामा सवारी साधनमा सवार यात्रुहरुलाई ‘तपाईको मास्कखोई ?’ भन्दै सचेत बनाउने कामपनिभइरहेको उनले भने । जनचेतनाकालागि चेक पोस्टहरुमा ‘चालकसँग १ मिनेट’ नामकअभियानअन्र्तगत सम्झाउने र बुझाउने कामभइरहेको कार्कीको कथन छ ।
‘हेल्मेट लगाएर मात्रै हुँदैन । फितापनि बाँध्नुपर्छ ।नम्बर प्लेट स्पष्टसँग देखिने हुनुपर्छ । जसका कारण कतै दुर्घटना भएर चालकबोल्न सक्ने अवस्थामानभएनम्बर प्लेटकै आधारमा उसको पहिचान गर्न सहज हुन्छ’, कार्कीले भने । प्रभावकारी चेकिंगबाट सवारी दुर्घटनाका साथै
अपराधिकक्रियाकलापपनिकमहुने कार्कीको विश्वास छ । अहिले चाडवाडको समयमाविभिन्न अपराधिकक्रियाकलापहुनुका साथै हातहतियारको ओसारपसार जस्ता कार्य हुने भएकाले पनि चेकिंगमा कडाई गरिएको कार्कीले बताउनु भयो ।