पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले मंगलवार वीरगञ्ज महानगरपालिकाको ईनर्वागाउँ, नगवा र छपकैयाबाट अवैध रुपमा भन्सार छली ओसार पसार गर्दै गरेको विभिन्न किसिमका लत्ताकपडा तथा प्लाष्टिकका भाडाबर्तनहरु बरामद गरेको छ ।
सूचना परिचालन तथा प्रहरी कारबाहीको सिलसिलामा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले मंगलवार साझँ ५ बजे फेला परेको मालसामानको मूल्याङ्कन १ लाख ४८ हजार ९ सय ३० गरेको छ ।

बरामद मालसामानलाई वीरगञ्ज भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिनुभएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर