कलैया । कलैयाका शैक्षिक संस्थाहरुले मंगलवार विभिन्न कार्यक्रम गरी बाल दिवस मनाएका छन् ।

कलैयालमा नव स्थापित गार्डेन सिटी कलेजले पनि ५७ औँ राष्ट्रिय बाल दिवस – २०७८ तथा वेलकम प्रोग्राम भव्यताका साथ मनाएको छ ।

मंगलवार बरेवा दरवार होटेलमा भएको कार्यक्रममा कक्षा ११ मा पढ्ने विद्याथीलाई स्वागत गरिएको थियो । बाल दिवसको अवसर पारेर गरिएको कार्यक्रममा विद्यार्थी तथा उपस्थित सदस्यहरुले समान्य अवस्था वा कोभिड माहामारीमा बाल अधिकार हाम्रो जिम्मेवारी विषयमा धारणाहरु राखेका थिए ।

बालदिवसको अवसरमा गरेको कार्यक्रममा विद्यार्थीले विविध क्षेत्रमा आफ्ना कलाहरु प्रस्तुत गरेको थिए ।

अतिथिहरूले अबको शिक्षालाई स्मार्ट बनाउन सोच्नुपर्ने सुझाव दिएका छन् । प्रमुख अतिथिको रूपमा कलैया उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख प्रहलाद प्रसाद वर्णवाल रहनु भएको कार्यक्रममा समाजसेवी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरी कलैया उपमहानगरपालिकामा रहेको मनोकामना कलेज द्वारा बाल दिवसको अवसरमा अमृता अनार्थ आश्रममा फलफुल बितरण गरिएको थियो । साथै बाल दिवसको अवसरमा कलैयास्थित बाल एकता सेकेन्डरी स्कूलले पनि स्वास्थ्य मापडण्डको ख्याल गर्दैै रचनात्मक एवमं खेलकुदको कार्यक्रम आयोजना गरेको थियो ।

बाल अधिकार सम्बन्धी महासन्धि १९८९ लाई वि.सं. २०४७ साल भाद« २९ गते नेपाल सरकारले अनुमोदन गरेको दिनको सन्दर्भ पारेर नेपाल सरकारले हेरेक वर्ष भाद« २९ गते बालबालिकाको राष्ट्रिय पर्वको रूपमा राष्ट्रिय बाल दिवस मनाइँदै आइएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर