पर्सा । पर्सामा अर्काको नाममा परीक्षा दिने एक जना पक्राउ परेका छन् । पर्सागढी नगरपालिका बर्वाटाडीस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट अर्काको नाममा कक्षा १२ को परीक्षा दिने नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताउनुभयो ।

पर्सागढी नगरपालिका वडा नम्बर ४ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयबाट कक्षा १२ को अङ्ग्रेजी विषयको परीक्षामा सन्दीप दास थारुको परीक्षा दिने नक्कली परीक्षार्थी राजकुमार दासलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक पाण्डेले जनकारी दिनुभएको छ ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी बढनियारको टोलीले परीक्षा हलमा प्रवेश गरेर चेक गर्दा सन्दीपको प्रवेशपत्र लिएर उनको फोटो उप्काएर राजकुमारले आफ्नो टासेको र परीक्षा दिइरहेको अवस्थामा राजकुमारलाई पक्राउ गरिएको हो । सन्दीप र राजकुमार पर्सागढी नगरपालिका वडा नम्बर ८ का स्थानीय बासिन्दा रहेको प्रहरीले जनाएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर