कलैया । बारा मा बारा मा गाँजा सहित ५ जना पक्राउ परेका छन् । गाँजा ओसार पसार तथा खरिद बिक्रि भईरहेको विशेष सूचनाको आधारमा बिहीवार ईलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक शंकर प्रसाद चोधरीको कमाण्डमा खटिएको प्रहरीले रतनपुरबाट पूर्वपश्चिम राजमार्ग तर्फ जादै गरेको प्रदेश–२–०३–००४प ८४४९ नम्बरको मोटरसाईकललाई निजगढ नगरपालिका वडा नम्बर ११ स्थित चेकजाँच गर्दा ५ किलोग्राम गाँजा सहित २ जना लाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोटरसाईकलका चालक जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ पिलुवाका ३७ वर्षीय ठाडा बहादुर दर्लामी मगर र मोटरसाईकलमा सवार निजगढ नगरपालिका वडा नम्बर १२ रामथलीका २६ वर्षीय बुद्घिलाल पाख्रिन रहेका छन् ।
पाख्रिनले पिठ्युमा बोकेको कालो रङको झोला खानतलाशी गर्दा ५ किलो गाँजा बरामद भएको प्रहरी निरीक्षक चोधरीले बताउनु भयो । पक्राउ परेका मगर र पाख्रिनलाई प्रहरीले सोधपुर्छ गर्दा उनिहरुले सो गाँजा बिक्रिका निम्ति कलैया उपमहानगरपालिका वडा नम्बर १६ उत्तरझिट्रकैयामा स्थित चिनि मेल नजिकै किन्नका निम्ती श्रीलाल महरा रहेको र उनका निम्ती गाँजा पुर्याउन जानलागेको थाहा पाएलगतै प्रहरीले ऊनीहरु दुबै लाई लिएर उक्त स्थान मा पुगेका थिए ।
प्रहरी उक्त स्थान मा पुग्दा ले गाँजा किन्न तयार बसेका तीन का ३ जना साथिलाई समेत पक्राउ गर्न सफल भएको हो । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका वडा नम्बर १६ उत्तरझिट्रकैयाका ३९ वर्षीय श्रीलाल महरा, सोही ठाउँका २४ वर्षीय नवल किशोर राम र प्रसौनी गाँउपालिका वडा नम्बर ७ का ३८ वर्षीय हरिन्द्र महरा चमार रहेका छन् । उनीहरुको साथ बाट गाँजा किन्न तयार राखियको नगद रु ५ हजार समेत बरामत गरेको छ ।पक्राउ परेकाहरु माथि अनुसन्धान भैरहेको प्रहरी ले जनाएको छ ।