युनिक यादव , कलैया । बारा मा पनि संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइएको छ । जिल्ला को १६ वटै स्थानीय तह ले सातौँ संविधान दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ । कतै झण्डा फरहाएर मनाइएको छ भने कतै सरसफाइ र खेलकुद गरि मनाइएको छ ।
कलैया उपमहानगरपालिका का नगर प्रमुख राजेश राय यादव ले कार्यालय परिसर मा राष्ट्रिय झण्डा फहराउनु भएको छ । त्यस्तै यता महागढिमाई नगरपालिकामा पनि संविधान दिवस मनाइएको छ । नगर प्रमुख उपेन्द्र यादव द्वारा कार्यालय परिसरमै राष्ट्रिय झण्डा फहराउदै संविधान दिवस मनाइएको छ । दिवसकै उपलक्ष्यमा महागढीमाई नगरपालिका द्वारा आयोजना गरिएको झण्डा उतोलन कार्यक्रममा राष्ट्रिय धुन सहित सशस्त्र प्रहरी द्वारा सलामी अर्पण गरिएको थियोे ।
उक्त अवसरमा नगर प्रमुख यादवले आफ्नो ज्यानको पर्वाह नगरी नागरिकको सुरक्षामा दिनरात खटिएक सशस्त्र प्रहरीहरूलाई टिका लगाई सम्मान गर्नुभएको थियो । उक्त कार्यक्रम मा बोल्दै नगर प्रमुख यादवले नेपालको संविधान २०७२ सबैको अधिकार समेटिएको र उत्कृष्ट संविधान भएकोले यस दिनलाई सबैले पर्वको रूपमा मनाउनुपर्ने बताउनु भयो ।
त्यस्तै संविधान दिवसको अवसरमा बारागढी गाउँपालिका वृहत सरसफाई कार्यक्रम गरि झण्डा फरहाइएको छ ।उक्त अवसरमा गाउँपालिका अध्यक्ष देवदत्त बछार थारु, प्रमुख प्रशासकीय अधिकृत आमोद चौधरी तथा वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो । दिवसकै अवसरमा संविधान सफलपाराैं ,संविधान कार्यान्वयन गराै भन्ने मुल नाराका साथ कोल्हवी मा प्रभातफेरि कार्यक्रम गरिएको थियो ।
यता संविधान दिवसको अवसरमा विश्रामपुर मा छुट्टै कार्यक्रम गरिएको थियो । उक्त अवसरमा राष्ट्रिय झन्डा फहराइ , दौड प्रतियोगीयता कार्यक्रम आयोजना गरिएको थियो ।दौड प्रतियोगीयता मा प्रथम लाई तीन हजार दोस्रो लाई दुई हजार पाँच सय , तेस्रो लाई दुई हजार प्रदान गरिएको थियो । विजेता लाई प्रमाणपत्र र शिल बितरण गरिएको थियो ।
उक्त अवसरमा गाउँपालिका अध्यक्ष अमिरिलाल राउत (पाल) , उपाध्यक्ष सुमिन्त्र देवी , प्रमुख प्रशासकीय अधिकृत सुनिल प्रसाद केशरी , विभिन्न वडाका वडा अध्यक्षहरु , कर्मचारीहरु , सुरक्षाकर्मीहरु , नगरप्रहरीहरु लगायत गाउँपालिकाका भद्रभलादमी स्थानीय को उपस्थिति रहेको थियो ।







