
कलैया । महागढीमाई नगरपालिका का नगर प्रमुख उपेन्द्र प्रसाद यादव सहित जनप्रतिनिधि को चार वर्ष कार्यकाल सफलतापुर्वक पूरा भएको मा आयोजित बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।उक्त अवसरमा स्थानीय ब्यवसायी गरि रहेकाहरु लाई पनि डष्टबिन असोज ९ गते अथार्त शनिवार देखि चार वर्ष सफलतापुर्वक पूरा गरि पाचौं वर्ष प्रवेश गरेको मा आज एक कार्यक्रम का बीच गढीमाई मन्दिर मा सरसफाइ गरिएको हो ।
उक्त कार्यक्रम मा बोल्दै नगर प्रमुख उपेन्द्र प्रसाद यादव ले आफ्नो चार वर्ष कार्यकाल मा सफलतापुर्वक सम्पन्न भएकोमा सहयोगी सम्पुर्ण लाई धन्यवाद ब्यक्त गरेका थिए । नगर प्रमुख यादव ले हालसम्म नगरपालिकाले बिशेष गरी बतारण संरक्षणका लागी १६ किलोमीटर मुल बाटोहरूमा बृक्षारोपण गरिएको र कृषीमा खेती योग्य ठाउँहरूमा पोल तार जडान गरिएको तथा शिक्षामा कक्षा ९ का छात्राहरूलाई साईकल बितरण गरिएको बताउनु भयो । कार्यक्रम लाई सम्बोधन गर्दै नगर प्रमुख यादवले , ” प्रदेशमै पहिलो पटक शिक्षक दरबन्दी मिलान गरी बिषयगत शिक्षकहरू ब्यवस्थापन गरेको, स्वास्थ्य क्षेत्रमा निःशुल्क ऐमबुलेन्स सेवा दिएको र कार्य लाई निरन्तरता दिईरहने प्रतिबद्धता ब्यक्त गर्नुभयो ” । त्यस्तै कार्यक्रम मा बोल्दै प्रमुख प्रशासकिय अधिकृत उमेश रिमालले महागढीमाईले चार वर्षमा सोचेको भन्दा बढी नै उल्लेखनीय बिकास गरेको बताउनु भयो ।
कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल ,जिल्ला प्रहरी कार्यालय बारा का प्रमुख दिपेन्द्र शाहि ,प्रमुख प्रशासकिय अधिकृत उमेश राज रिमाल , स्वास्थ शाखा संयोजक बिजय प्रसाद कुशवाहा , सरकारी तथा गैरसरकारी संस्थाका पदाधिकारीहरू, कर्मचारीहरू, कल्बका स्वयंसेवकहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी, शिक्षकहरू, स्वास्थ्यकम्रीहरू सहित पत्रकारहरूको उपस्थिति रहेकोे थियो ।
महागढीमाई नगरपालिकाको नगर प्रमुख उपेन्द्र प्रसाद यादवको कार्यकाल चौथो बर्ष पार गरि पांचौ बर्षमा आजैको दिन असोज ९ गते प्रवेश गरेको उपलक्ष्यमा गढीमाई मन्दिरको बृहत सरसफाइ गरिएको छ , सो अवसरमा बाराको प्रजिअ कृष्ण बहादुर कटुवाल ,बारा प्रहरी प्रमुख दिपेन्द्र शाहि ,प्रमुख प्रशासकिय अधिकृत उमेश राज रिमाल , स्वास्थ शाखा संयोजक बिजय प्रसाद कुशवाहा लगायत सशस्त्र प्रहरी , नेपाल प्रहरी , स्वास्थक्रमि ,कर्मचारी , नगर प्रहरी , विभिन्न संघ संस्थाको प्रतिनिधि ,पत्रकारहरुको सहभागिता रहेको थियो ।