कलैया ।दशैं तिहारलगायत चाडपर्व नजिकिँदै गर्दा बारा जिल्लामा बजार अनुगमनलाई तीव्रता दिन थालिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले जिल्लाको बजार अनुगमनमा तीव्रता दिएको हो ।

दशँै तिहारको समयमा अखाद्य वस्तु बिक्री वितरण नहोस् र उपभोक्ताले तोकिएकै मूल्यमा सामान किन्न सकुन् भन्ने उद्देश्यले बजार अनुगमनमा कडाइ गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बीरगन्ज ले जनाएको छ ।

बिहीवार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बीरगन्ज , जिल्ला प्रशासन कार्यालय बारा , जिल्ला प्रहरी कार्यालय बारा , बारा उद्योग वाणिज्य संघ र घरेलु तथा साना उद्योग कार्यालय बारा को प्रतिनिधिहरु को टोलि ले बिहीवार कलैया बजार को अनुगमन गरेको हो ।

उक्त टोलि ले किराना पसल , होटल , कस्मेटिक पसल सहित विभिन्न पसल मा अनुगमन गरेको हो ।

अनुगमन को क्रममा उक्त टोलिले सोनालाल स्वीट,अन्किता जेनरल स्टोर ,सोनालाल सेकुवा पसल , कृष्ण स्वीट,ओम स्वीट सिद्धाथ स्वीट, अम्बिका ट्रेडर्स लगाएतका पसलहरु मा अनुगमन गरिएको र त्यि पसलका संचालकहरुलाई आफ्नो पसलको कमिकमजोरी लाई एक हप्ता भित्र सुधार गर्न निर्देश दिइएको जिल्ला प्रशासन कार्यालय बारा का प्रशासकिय अधिकृत मुरारी कार्किले बताउनु भयो । अनुगमनको क्रममा कलैयामा रहेको सखी जेनरल स्टोरमा १०० ग्रामको किसमिसको पोकामा प्याकिङ्ग मिति र म्याद गुजरेको मिति प्याकिङ्गमा नहुदा केहि थान पोका नियन्त्रणमा लिएर अब अर्को अनुगमन मा त्यस्तो देखिए कार्वाही हुने कार्की ले निर्देशन दिएका छन् ।

अनुगमन टोलि ले अङ्किता जेनरल स्टोर , अम्बिका ट्रेडर्स , कृष्ण स्वीट , ओम स्वीट बाट सामान नियन्त्रणमा लिएर जफत गरेको र होटल बाट समोसा सहित अन्य विभिन्न खाने कुरा नियन्त्रणमा लिएर नष्ट गरेको छ।
उक्त अनुगमन को क्रममा खाद्यान्न डिभिजन कार्यालय बीरगन्जका विवेक राउत , जिल्ला प्रशासन कार्यालय बाराका प्रशासकिय अधिकृत मुरारी कार्की ,उद्योग बाणिज्य संघ बाराका महा– सचिव रामजी साह कानु , उपभोक्ता हित सरक्षण मंचका प्रतिनिधि शर्मा बैठा सहित विभिन्न सन्चारगृहका सन्चारकर्मी को उपस्थिति रहेको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर