साजिर मन्सूर , कलैया ।बाराको महागढिमाई नगरपालिकामा स्वास्थ्य सेवालाई अझ सुदृढ बनाउन लागिपरेको मेयर उपेन्द्र प्रसाद यादवले बताएका छन । महागढीमाई नगरपालिकाको स्वास्थ्य शाखा द्वारा आयोजित स्वास्थ्य संस्थाहरुको पालिका स्तरिय वार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठीलाई प्रमुख आतिथ्यबाट सम्बोधन गर्दै यादबले यस्तो बताएका छन ।यादबले नगरवासीहरुलाई गुणस्तरिय सेवा पुर्याउनका लागी छलफल गर्नुका साथै बिभिन्न स्वास्थ्य सेवा तथा आवस्यक स्वास्थ्य योजनाहरुको बारेमा छलफल गरिरहेको बताएका हुन । यादबले आम नागरिकको सहज पहुचमा स्वास्थ्य सेवा पुर्याउनु मेरो महत्वपूर्ण लक्ष्य भएको बताए । सबै नगर बासिलाई कोरोनाको खोप दिने गरि ब्यवस्थापन मिलाईरहेको समेत मेयर यादबले बताएका छन । सो अवसरमा उप मेयर तारा देबि कानु,निमित्त प्रमुख प्रशासकीय अधिकृत बिजय कुश्वाहा सहित स्वास्थ्यकर्मी तथा कर्मचारीको उपस्थिति रहेको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर