साजिर मन्सूर , कलैया । कलैया उपमहानगरपालिका अन्तरगतका बिधालय कर्मचारी,पियन,सहयोगि तथा लेखापाल द्वारा तलब वृद्धिको माग गर्दै नगर प्रमुख राजेश राय यादबलाई ज्ञापनपत्र बुझाएका छन ।

नेपाल सरकारले आब २०७८/०७९ को वजेट मार्फत बालबिकाश केन्द्रका सिछिका,र बिधालय कर्मचारीको तलब १५ हजार न्युनतम मासिक पारिश्रमिक उपलब्ध गराउन भनेपनी सरकारले ८ हजार पुर्याएको र बाकी ७ हजार स्थानिय तहले ब्योहोर्ने ब्यवस्था मिलाउने भन्दै सो का लागि ५ अर्ब ५५ करोड बिनियोजन गरिसकेको भएपनी स्थानिय तहले तलब नबढाएको भन्दै बिधालय कर्मचारी एवम लेखापालले नगर प्रमुख लाई ध्यानाकर्षण गराएको बिधालय कर्मचारी संघर्श समितिका कलैयाका अध्यक्ष देव कुमार प्रसाद साहले जनाए ।

साहले पारिश्रमिक कम्तीमा २० हजार ५ सय नघट्ने गरि दिन नगर प्रमुख सङ्ग माग गरे । बिधालय कर्मचारीको बिमाको ब्यवस्था तथा बिधालयको लेखाको कामलाई सहज र सरल बनाउन लेखापाललाई एक हप्ते तालिमको ब्यवस्था गर्नुपर्ने माग रहेको बताए ।

शिक्षा एन २०२८ बमोजिम सामुदायिक बिधालयहरुमा नियुक्ति भै सेवा गरेपनी हाल सम्म आन्तरिक श्रोतबाट पारिश्रमिक लिनु पर्ने बाध्यात्मक अवस्था हुनु निन्दनिय भएको अध्यक्ष साहले दुखेसो पोखे । ज्ञापनपत्र बुझदै नगर प्रमुख यादबले आफुले जहिले पनि बिधालय कर्मचारी को लागि हुन सक्ने जति तलब पाउनुपर्छ भन्नेमा रहेको बताए ।

मेयर यादबले सरकारले दिने तलबमा आफुले २ हजार बढाएर दिने,बिमाको हकमा आवस्यक एन कानुन अनुसार प्रक्रिया अगाडी बढाउने तथा तालिमका बिशयमा ३ दिने तालिमको आवस्यक प्रबन्ध मिलाउने प्रतिबद्धता जनाएको कलैया उपमहानगरपालिकाका शिक्षा समितिका सदस्य राजकिशोर सहनिले जानकारी गराए ।

ज्ञापनपत्र बुझाउने समयमा शिक्षा साखा प्रमुख प्रल्हाद बर्णबाल,बिजय अधिकारी,शिक्षा समिती सदस्यहरु,अवधेश यादब,मनोज यादब,अलि महमद अन्सारी,राजकुमार कुर्मी लगायत बिधालय कर्मचारी तथा सहयोगिहरुको उपस्थिति रहेको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर