कलैया ।बारामा सवारी दुर्घटनामा परी घटनास्थलमै एक जनाको मृत्यु भएको छ । जिल्लाको आदर्श कोतवाल गाउपालिका वडा नम्बर ५ टेढाकट्टीमा मंगलवर साझ ट्याक्टरको ठकरबाट एक जनाको घटना स्थलमै मृत्यु भएको हो ।
बालुवा लोड गरेको ना ६ त ३३९० नम्बर को ट्याक्टर कोल्हवीबाट हरनहिया जाने क्रममा बिर्ता स्थित तामागढी सिम्रौनगढ सडक खण्डमा उक्त दुर्घटना भएको हो । साईकलमा सवार आदर्श कोतवाल गाउपालिका वाडा नम्बर ५ टेढाकट्टी निवासी शेख ननक मिया को १२ बर्षिय छोरा अब्दुलैश मिया हरनहियाबाट घर आउने क्रममा उक्त दुर्घटना हुदा घटनास्थलमै मृत्यु भएको हो । प्रहरी ले ट्याक्टर चालक लाई नियन्त्रणमा लिएको छ ।