
साजिर मन्सूर , कलैया । ६६ औ प्रहरी दिवसका अवसरमा बिश्व हिन्दु युवा संघ र सकारात्मक युथ सोसाइटीको आयोजनामा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
नेपाल प्रहरीको सबैभन्दा लोकप्रीय कार्यक्रममा गनिने समुदाय प्रहरी साझेदारी कार्यक्रम को समेत सहकार्य रहेको कार्यक्रम अति नै सराहनिय भएको विश्व हिन्दु युवा संघ बाराका अध्यक्ष सागर पटेलले बताउनु भयो ।
पटेलले हिन्दु समाजको महान पर्वका रुपमा मनाईने बिजया दशमिको अवसरमा सबै आम सर्वसाधारण आ आफ्नो घरमा दशै मनाउन आएको समयमा गरिएको रक्तदान कार्यक्रमले बढी भन्दा बढी संख्यामा रक्तदाताले रक्तदान गर्ने अवसर पाउने बताउनु भयो ।
रक्तदान कार्यक्रम भनेको अति नै राम्रो कार्यक्रम भएको र यस प्रकारका कार्यक्रमका लागि स्थानिय सरकारले सहयोग गर्ने प्रमुख अतिथि कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादवले बताउनु भयो ।
रक्तदान कार्यक्रममा २ जना महिला सहित ६५ जनाले रक्तदान गरेको आयोजकले जनाएको छ । उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारि कृष्ण बहादुर कटुवाल,बाराका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिपेन्द्र शाही,शस्त्र प्रहरी का उपरीक्षक रोबिन राज कर्णजित ,जिल्ला प्रहरी कार्यालय बारा का प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्र,सकारात्मक युथ सोसाइटीका अध्यक्ष मनिष कुमार यादब सहित अन्य संघसंगठनका प्रतिनिधिको उपस्थिति रहेको थियो ।