
रौतहट । स्रोत नखुलेको भारतीय रुपैयाँसहित एकजनालाई प्रहरी ले पक्राउ गरेको छ । पक्राउ पर्ने मा भारत बिहार राज्य शिवहर जिल्लाको ग्राम पंचायत वेलवाघाट वडा नं. ५ वस्ने २२ वर्षीय सुशिल कुमार साह रहेको जिल्ला प्रहरी कार्यालय रौतहट ले जनाएको छ ।उनको साथ बाट प्रहरी ले १ लाख ८० हजार भारतीय रुपैयाँ बरामद गरेको हो ।
सिमा प्रहरी चौकी बन्जरहावाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल आउँदै गरेका शाहलाई ईशनाथ नगरपालिका वडा नं.१ बन्जरहा स्थित बकैया खोलाको बाँधमा चेकजाँच गर्नेक्रममा पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको जिल्ला प्रहरीले कार्यालय रैतहटले जनाएको छ ।