साजिर मन्सूर ,कलैया । समाजमा असमान शक्ति सम्बन्धको अन्त्य भएपछी हिंसा अन्त्य हुने महिला मानव अधिकार रछक सन्जालको केन्द्रिय अध्यक्ष डाक्टर रेनु राजभण्डारीले बताएकि छिन ।

भण्डारीले महिला अधिकार सङ्गै सबैको अधिकार सुनिस्चित हुनुपर्नेमा उनले जोड दिएकि छन । राजभण्डारीले आजको समाजमा समेत एउटा बर्ग बिशेषलाई मात्र केवल लिएर जान नहुने बताउनुभयो । समाजमा हामिले महिला हिंसाको मात्र कुरा नगरी सबै को हक अधिकारको लागि आवाज उठाउनु पर्नेमा भण्डारीले जोड दिईन ।

राजभण्डारीले समाजमा तेस्रो लिङ्गी नभएको केवल यौनिक तथा समलिङ्गी भएको बताईन । समाजिक न्याय र समानताका लागि हामी लागेको भण्डारीले बताईन । सोही कार्यक्रममा सन्चार कर्मी उपेन्द्र ठाकुरले बारामा गएको आवमा मात्र अन्दाजी ६२५ महिला हिंसाका घटना दर्ता भएकोमा त्यस मध्ये १ वटा मुद्दा मात्र जिल्ला अदालतमा गएको भन्दै घरमा स साना झैझगडाको बिषयलाई पनि महिला हिंसा भएको भन्दै प्रहरिमा उजुरी दर्ता गर्ने गरेका कारण समाजमा महिला र पुरुष बिच बिचलन आएको बताए ।

ठाकुरले स्वर्णिम समाजको निर्माणका लागि महिला र पुरुष एक आपसमा मिलेर अगाडी बढ्नुपर्ने बताए । अरुको बहकावामा समेत कतियौ घर परिवारमा अशान्ति मच्चिएको प्रमाण रहेकाले सबैले आ आफ्नो परिवारको लागि बिश्वास र लोग्ने स्वास्नी बिच कुनै पनि बिबादको समाधान खोज्ने प्रयास गर्न आग्रह गरे ।

महिला अधिकार रछक सन्जाल बाराको अध्यक्ष निभा सिंहको अध्यक्षतामा भएको कार्यक्रममा महिला अधिकारकर्मी बबिता जैसवाल,संस्थाकि बिनिता पौडेल,सृजना गेलाल,
,उपाध्यक्ष मन्जु सुवेदी,संचारकर्मी उपेन्द्र ठाकुर सहित कार्यक्रममा ५० जना महिलाहरूको सहभागिता रहेको थियो । कलैया स्थित सिदेस्वर संस्कृतमा बिमा भएको कार्यक्रमको सन्चालन सचिव रिता चौरसिया र स्वागत सरस्वती खरेलले गरेकी थिईन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर