ब्रिजेश गिरि , कलैया । पर्सा मा १० लाख मुल्य बराबर को कस्मेटिक समान सहित एउटा पिकप लाई प्रहरी ले नियन्त्रणमा लिएको छ ।

सूचना परिचालन तथा प्रहरी कारबाहीको सिलसिलामा BR05GB 2166 नम्बरको बोलेरो पिकअप गाडीमा चुराको मात्र भन्सार कटाई अन्य विभिन्न किसिमका कस्मेटिकका सामानहरू भन्सार छली ल्याइरहेको सूचना प्राप्त का साथ खटिएको प्रहरी टोलि ले बरामद गरेको हो ।प्रहरी ले वीरगञ्ज महानगरपालिका वडा नं.७ स्थित रेल्वे सडकखण्डमा पिकअपलाई रोकी जाँच गर्ने क्रममा भन्सार छली गरी ल्याइएका विभिन्न कस्मेटिक सामानहरू बरामद गरेको हो ।

प्रहरी ले पिकअप तथा चालक भारत विहार रक्सौल वडा नं.१३ बस्ने वर्ष ४० को पुनदेव प्रसाद यादवलाई नियन्त्रणमा लिएको हो । उक्त कस्मेटिक समान को १० लाख मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको जिल्ला प्रहरी कार्यालय पर्सा ले जनाएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर