सर्लाही । सर्लाहीमा कार्यालय क्षेत्रमै तास खेलेको भिडियो सार्वजनिक भएपछि कर्मचारी र सुरक्षाकर्मीको जिम्मेवारी खोसिएको छ ।
गृहमन्त्रालय ले सर्लाही का प्रमुख जिल्ला अधिकारी रामकुमार महतोसहित नेपाल प्रहरीका एसपी सन्तोषसिंह राठौर र सशस्त्र प्रहरीका प्रमुख गंगाराम श्रेष्ठ लाई जिम्मेवारी बाट हटाएको हो ।
मन्त्रालय का अनुसार सिडियो लाई हटाएर उनको ठाउँ मा बाबुराम खतिवडालाई जिम्मेवारी दिइएको छ ।त्यस्तै एसपी राठौरको स्थानमा कृष्ण प्रसाईलाई राखिएको छ भने सशस्त्रका एसपी श्रेष्ठलाई हटाएर भरत खनियाँलाई जिम्मेवारी दिएको छ ।