कलैया ।पचरौता नगरपालिकाले आफ्नो कार्यालयमा कात्तिक ९ गते अथार्त हिजो भएको कार्यालय तोडफोडले सुरक्षाको प्रत्याभूति नभएको भन्दै नगरपालिका तथा वडा कार्यालयबाट प्रवाह हुने सेवा बन्द गरिएको ज्ञापनपत्र बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाललाई बुझाएको छ ।
बुधवार जिल्ला प्रशासान कार्यालय बारामा बुझाईएको ज्ञानपत्रमा विद्यालय व्यवस्थापन समिति गठन हुन नसकेको सम्बन्धमा करिब हजारौको संख्यामा आएका विद्यार्थी र केही राजनीतिकर्मीहरुले नगर कार्यपालिकाको कार्यालयमा काम गरिरहेको अवस्थामा कार्यालय घेराउ गरी कार्यालयमा तोडफोड गर्नुका साथै कर्मचारीलाई गालि गलौज गरी पाचँ घण्टा बन्दि बनाई घेराउ गरेर उल्लेख छ ।
विद्यार्थीहरुले राजनीतिककर्मीको उक्साहटमा नगरपालिकाको ग्रिलसहित झ्याल फुटाई कार्यालय भित्र प्रवेश गरेर बहुमुल्य सामग्री तोडफोड गर्नुका साथै कागजातहरु चोरेर लग्नुका साथै कर्मचारी माथि ढुगांमुढा गरेर कार्यालयको गाडी माथि तोडफोड गरेका थिए ।
नगरपालिकामा काम गर्न सक्ने अवस्था नरहेको तथा सम्पूर्ण कर्मचारीहरु डर त्रासमा रहेको ज्ञानपत्रमा जनाइएको छ । दोषी माथि कारवाही नभएसम्म तथा सूरक्षाको प्रत्याभूति नभएसम्म सेवा प्रवाह ठप्प गरी बन्द गरिएको ज्ञापन पत्र प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको हो ।