कलैया ।बारा मा निशुल्क अँाखा तथा दन्त शिविर सम्पन्न भएको छ ।“सामुदायिक प्रहरी सेवा कार्यक्रम अन्तरगत” ईलाका प्रहरी कार्यालय प्रसौनी बारा र बिरगंज सामुदायीक आखाँ केन्द्र पर्साको संयुक्त आयोजनामा जिल्ला को प्रसौनी गाउँपालिका वडा नं.३ नौतन टोल स्थित ईलाका प्रहरी कार्यालय प्रसौनीको प्राङ्गणमा आज उक्त शिविर सम्पन्न भएको हो । उक्त शिविरमा ७० महिला र ५० पुरुष गरी जम्मा १२० जनाले आखाँ तथा दाँत चेकजाच गराएका थिए ।

उक्त कार्यक्रम मा जिल्ला प्रहरी कार्यालय बारा का प्रमुख प्रहरी उपरीक्षक दिपेन्द्र शाही , प्रहरी नायब उपरीक्षक गौतम मिश्र ,ईलाका प्रहरी कार्यालय प्रसौनी का प्रमुख प्रहरी निरीक्षक बिन्देश्वर यादव , सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली बीरगंजका अध्यक्ष राम शर्मा ,समुदायीक प्रहरी सेवा केन्द्र बाराका कोषाध्यक्ष लुकेश सिंह ,सोही आखाँ केन्द्रका डाक्टर महेश सिंह धामि , तथा प्रिंयका साह लगायत स्थानियको सहभागीता रहेको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर