कलैया । सर्लाहीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा चक्रघट्टा गाउँपालिका वडा नम्बर ८ बस्ने २१ वर्षीय अकलेश सहनी रहेको प्रहरी ले जानकारी दिएको छ ।
बिहीबार बेलुक दिपावलीको लागि घर अगाडीको विजुलीको पोलमा बत्ती जडान गर्ने क्रममा ११ हजार भोल्टको तारमा छोइए पछी करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए । घाइते पश्चात् सहनीको उपचारको क्रममा सहनीको मृत्यु भएको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्याय सर्लाहीले जानकारी दिएको छ ।