कलैया । नेशनल ईन्जिनियर्स एसोसिएसन नेपाल रौतहटको दोश्रो जिल्ला सम्मेलन एवं छठ पर्वको शुभकामना आदान कार्यक्रम सम्पन्न भएको छ ।  रौतहटको चन्द्रपुरमा रहेको होटेल अशोकामा सोमवार एक कार्यक्रम का बीच दोश्रो जिल्ला सम्मेलन एवं छठ पर्वको शुभकामना आदान कार्यक्रम सम्पन्न भएको हो ।

इन्जिनियरहरुको एकता तथा देश लाई नया दिशा प्रदान गर्न नया उर्जाका साथ् अगाडी बढ्न लाइ अग्रसर भएर काम गर्न कार्यक्रममा बोल्दै वक्ताहरुले जोड दोएका थिए ।

साथै कार्यक्रममा आगामी चुनावको बारेमा पनि छलफल भएकोथियो । कार्यक्रम मा बोल्दै प्रमुख अतिथि समेत रहेका नेपाल बिधुत प्रधिकरणका डि जितेनद्र कुमार झाले इन्जिनियरहरुले देशको विकासमा टेवा पुर्याउनुको साथै देशलाई भ्रस्टाचार मुक्त बनाउने उदेश्य पनि बोकी अगाडी बढिरहेको बताउनु भयो । एसोसिएसन ले महान चाड छठ पर्व को अवसरमा सम्पुर्ण मा सुख शान्ति समृद्धि एवंम् उत्तरोत्तर प्रगतिको कामना पनि ब्यक्त गरेको छ ।

उक्त कार्यक्रमको अध्यक्षता कार्यक्रममा नेशनल ईन्जिनियर्स एसोसिएसन नेपाल रौतहट शाखा का अध्यक्ष ई.अभिषेक कुमार गुप्ता, विशिष्ट अतिथि प्रमोद यादव, प्रमुख अतिथि नेपाल बिधुत प्रधिकरणका डि जितेन्द्र कुमार झा, केन्द्रीय उपाध्यक्ष रघुनन्दन ठाकुर, केन्द्रीय महासचिव तपेस्वर यादव, केन्द्रीय सचिव अभिमनु गिरि लगायत सितेश यादव , परवेज खान , प्रदेश २ का अध्यक्ष तेजनारायण, प्रदेश २ का महा सचिव राधा किशन साह, प्रदेश कोषाध्यक्ष अध्यक्ष अरुण यादव, प्रदेश २ का इन्चार्ज गौरी पन्डित, रौतहट शाखा का माहा सचिब आलोक साह, कोषाअध्यक्ष आशुतोष सिंह सहित ८ जिल्लाको १७५ जाना इन्जिनियरहरुको सहभागीता रहेको केन्द्रीय सदस्य ई आर्यन राउतले बताउनु भयो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर