
कलैया । बारा मा सवारी दुर्घटना मा परि दुई जना को मृत्यु भएको छ ।
कोल्हबी नगरपालिका वडा नम्बर १ बटौलिया चौक स्थित कोल्हबी बाट श्रीपुर तर्फ जादै गरेको ना.४२प८०२३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर सोही ठाउँमा रहेको बटौलिया स्वास्थ्य चौकीको भवनमा ठोकिँदा तीन जना सवार मोटरसाइकल दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बारा का प्रब्क्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्र ले बताउनु भयो ।
दुर्घटना पश्चात् घाइते भएका तिनै जना को उपचार को लागि बिरगंज स्थित नारायणी अस्पताल मा लगिएको थियो ।उपचाररत तीन जना मध्ये दुई जना को मृत्यु भएको प्रहरी नायब उपरीक्षक मिश्रले बताउनु भयो ।
मृत्यु हुने मा कोल्हबी नगरपालिका वडा नम्बर १ कोल्हबी टोल बस्ने बर्ष २० को सागर चौधरी र सोही ठाउँका बर्ष १९ को सुशिल चौधरी रहेको प्रहरी नायब उपरीक्षक मिश्रले बताउनु भयो ।
घाइते भएका कोल्हबी नगरपालिका वडा नम्बर ९ श्रीपुर बस्ने बर्ष २० को अशोक चौधरीको नारायणी अस्पताल मा उपचार भैरहेको छ । उनको टाउकोमा चोट लागेको छ ।