
कलैया । बाराको फेटा गाउँपालिकाले पनि मंसिर ३ गते भोलि सार्वजनिक विदा दिएको छ ।
फेटा गाउँपालिकाको वडा नं . १ त्रिवेणिमा रहेको त्रिवेणिधाम र खैरातिमाई मन्दिरमा भोलि कार्तिक शुक्लपुर्णिमाका दिन पुर्णिमा स्नान गरि खैरातिमाई मन्दिरमा पुजापाठ गर्ने र मेला समेत लाग्ने भएकोले सार्वजनिक विदा दिइएको गाउँपालिका अध्यक्ष अमिरीलाल पाल ले बताउनु भयो ।
बिदाको दिन गाउँपालिका भित्रका सवै वडा कार्यालय, सम्पूर्ण शिक्षणसंस्था लगायतका सार्वजनिक संघसंस्थाहरु बन्द रहने उनले बताउनु भयो ।