कलैया । सिरहाबाट बिभिन्न लागूऔषधसहित दुई जना युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्लाको खड्क नगरपालिका-७ बस्ने २५ बर्षीय नागेश्वर भगत र धनुषाधो औरही नगरपालिक-५ बस्ने २९ बर्षीय रमन कुमार कर्ण रहेकोे जिल्ला प्रहरी कार्यालय सिरहा का प्रब्क्ता प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले बताउनु भयो ।उनीहरुको साथबाट नोफिन १९४ एम्पुल, प्रोमिथोजाईन ३४२ एम्पुल, डाईजोपाम ३८२ एम्पुल र लेवल नभएको १८२ एम्पुल फेला परेको प्रहरी ले जनाएको छ ।

प्रदेश नम्बर ०२–०२३– प. ९३९ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई मोटरसाइकल चेकजाँच गर्ने क्रममा धनगढीमाई नगरपालिका-१० बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुबै जना माथि इलाका प्रहरी कार्यालय लहानको नियन्त्रणमा राखी थप अनुसन्धान भैरहेको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर