साजिर मन्सूर ,कलैया । डक्टर बाट जनता लाई जोगाउ,वडा स्तरमा हेल्थ क्याडर बढाउ भन्ने नारा सहित देशमै सबै वडामा हेल्थ क्याडर राख्नुपर्ने प्रदेश स्वास्थ्य निर्देशनालय प्रदेश २ का निर्देशक डाक्टर बिजय झाले जोड दिएका छन ।
क्षय रोग पहिचानका लागि निजि स्वास्थ्य सेवा प्रदायकहरुको सन्लगनता कार्यक्रम अन्तरगत सिकाई एवम आदानप्रदान कार्यक्रम कार्यशाला गोष्ठीलाई कलैयामा सम्बोधन गर्दै झाले यस्तो बताएका हुन । कलैया स्थित बरेवा दरबार होटेल एन्ड ब्यान्क्विटको सभाहलमा सो कार्यक्रम सम्पन्न भएको हो ।
झाले सरकारले गर्ने सबै खालका भौतिक पुर्वाधार निर्माण भन्दा महत्वपूर्ण जनताको स्वास्थ्य रहेको बताउदै सबै तहका सरकारले स्वास्थ्यमा बढी जोड दिन आग्रह गरे । झाले समाजमा सबै तिर झोले डाक्टरको बिगबिगी बढेको भन्दै सरकार बाट मान्यता प्राप्त एच ए वा सो सरहका स्वास्थ्यकर्मी लाई सबै वडा वडामा स्वास्थ्यकर्मी राख्नु पर्ने बताए ।
टिबि हजारौ बर्ष पुरानो यत्र तत्र सर्वत्र रहेको सर्ने सरुवा रोग भएको बताउदै झाले यसको निर्मुलिकरण लागि हामी सबै घर घरमा पुगेर स्कृनिङ्ग गर्नुपर्ने बताए ।