
कलैया । पत्रकार केवल मानव जगतका लागि हो कुनै जाती बिशेष होइन भन्दै तीन दिनमै नेपाल हिन्दू पत्रकार परिषदको अध्यक्ष अनिल पाण्डेले राजीनामा दिएका छन् । गत मङ्सिर ७ गते गठित नेपाल हिन्दू पत्रकार परिषदको अध्यक्ष पदबाट राजीनामा दिएको पाण्डे ले आफ्नो सामाजिक सजाल मार्फत बताएका छन् ।
उनले सामाजिक संजाल फेसबुक मार्फत राजिनामा लेख्दै शोषित उत्पिडित र दबिएकाको हक-अधिकार र आवाज बिहिनका आवाज लाई सम्बन्धित निकाय सम्म पुर्याउने प्रतिबद्धता जाहेर गर्दै सबै र सधैका लागि आफ्नो सहयोग र सम्मान रहेने जनाएका छन् । उनले पत्रकार कुनै जात धर्म को नभइ सम्पुर्ण जनता को पक्षमा हुनु पर्ने भन्दै राजीनामा दिएको जनाएका छन् ।
त्यस्तै नेपाल हिन्दू पत्रकार परिषदको सचिव रहेका रबिन्द्र प्रसाद ले समेत राजिनामा दिएका छन् । उनले पनि सामाजिक संजाल फेसबुक मार्फत लेख्दै राजीनामा दिएको बताए । उनले विशुद्ध रुपमा पत्रकारीताको मूल मर्म र भाव अनुसार निरन्तर सबैका लागि कलम चलाउने प्रतिवद्धता जाहेर गरेका छन् ।