कलैया । सर्लाहीमा दुई सन्तानसहित एक महिला आफ्नै घरभित्र मृत अवस्थामा भेटिएकी छन् ।

जिल्लाको बरहथवा नगरपालिका वडा नम्बर १ हजरिया निवासी शिव हजारीकी २६ बर्षीया पत्नी कविता घरभित्रै झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् । ऊनी सँगै छोरा र छोरी समेत मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सर्लाही का प्रब्क्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले बताउनु भयो ।

कविताका ४ बर्षीय छोरा र ६ वर्षीया छोरी आमा झुण्डिए नजिकै तल भुइँमा मृत फेला परेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताउनु भयो । मृतक तीनै जनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलगंवा पठाइएको र तीनै जनाको मृत्युबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । मृतक महिलाका श्रीमान् वैदेशिक रोजगारमा छन् ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर