कलैया ।पर्सा प्रहरी ले लागु औषध सहित ४ जना लाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्सा बाट खटिएको टोलीले चेकिङ्गको क्रममा शरीर रीतपूर्वक खानतलासी गर्दा ऊनीहरुले लुकाइछिपाई ल्याएको लागु औषध खैरो हिरोइन तथा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रब्क्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले बताउनु भयो ।

पक्राउ पर्नेमा बारा को परवानीपुर गाउँपालिका वडा नम्बर ३ बस्ने वर्ष ३१ का भोला साह , हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ बस्ने वर्ष २० का संजय बानियाँ , विरगंज महानगरपालिका वडा नम्बर १२ बस्ने वर्ष २० का बिकास साह , सोही ठाउँ का वर्ष २८ का जितेन्द्र साह रहेका छन् । ऊनीहरु चार जना लाई प्रहरी ले विरगंज महानगरपालिका वडा नम्बर १६ रजत जयन्ती चोक बाट पक्राउ गरेको हो ।

पक्राउ परेका भोला साह बाट खैरो ०.५ ग्राम , बानिँया बाट ३ ग्राम ७०० मि.मि , बिकास बाट खैरो हिरोइन एक ग्राम र गाँजा , जितेन्द्र बाट खैरो हिरोइन एक ग्राम र गाँजा बरामद भएको प्रहरी नायब उपरीक्षक खनालले बताउनु भयो ।

पक्राउ परेका चार जना लाई जिल्ला प्रहरी कार्यालय को हिरासत मा राखी लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान भैरहेको प्रहरी ले जनाएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर