कलैया । महोत्तरीबाट लागूऔषधसहित एक जना बालक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका–६ बस्ने १३ बर्षीय बालक रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रबक्ता एवं डीएसपी प्रकाश विष्टले बताउनु भयो ।
सम्सीबाट गौशालातर्फ जाँदै गरेको ज.१ ह.२९७८ नम्बरको अटो रिक्सालाई रोकेर औरही नगरपालिका-४ कठुधारमा रोकेर चेक जाँच गर्ने क्रममा त्यसमा सवार १३ बर्षीय बालकको साथबाट नाइट्रोभेट–१० लेखिएको ६० थान र स्पास्मो प्रोक्सिभोन १६ थान बरामद भएको प्रब्क्ता विष्ट ले बताउनु भयो । लागूऔषधसहित फेला परेका बालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।