
साजिर मन्सूर , पोखरा । एसियन लाईफ ईन्स्योरेन्स को क्लब मेम्बर कन्फ्रेन्स पोखरामा शुरु भएको छ । हाल सम्म नेपालमा रहेका १९ जीवन बिमा कम्पनी मध्ये अग्रपंक्तिमा रहेको एसियन लाईफले प्रत्येक बर्ष आफ्नो अभिकर्ताहरु मध्ये उत्कृष्ट हुने लाई देशको हरेक प्रदेशमा सम्मान गर्दै आएको कम्पनिका अध्यक्ष दिपक कुमार श्रेष्ठले बताए ।
अन्य धेरै कम्पनिले आ आफ्नो तरिकाले बिजनेश को प्रचार प्रसार बिक्रि प्रवर्द्धन का निम्ति विभिन्न सेलिब्रेटी हरुलाई ब्रान्ड एम्बेसडर नियुक्त गर्ने गरेको तर हाम्रो लागि हाम्रा ब्रान्ड एम्बेसडर हाम्रा सम्पुर्ण अभिकर्ता भएको र वहाहरुमा हामी गर्व गर्ने गरेको कम्पनिका नायब प्रमुख कार्यकारी होम बहादुर श्रेष्ठले जनाएका छन ।
नायब प्रमुख श्रेष्ठले अभिकर्ताहरुले बिमा गर्न लागेका अभिकर्ता पेशा लाई ब्यवसायका रुपमा लिनुपर्नेमा जोड दिदै १४९ शाखा रहेको र ५ अर्ब पुजि रहेको बताए । कम्पनीको हाल कन्फ्रेन्समा एसियन लाईफ इन्स्योरेन्स कम्पनिका नेपाल भरिका १ लाख अभिकर्ता मध्ये क्लब मेम्बरमा २७० जना मात्र छनौट भएको र सम्मान पाएको प्रमुख कार्यकारी दिनेशलाल श्रेष्ठले बताए । प्रमुख कार्यकारी श्रेष्ठले सबैले आफुमा बिश्वास गरेर अगाडी बढ्दा सबै खालका लक्ष्य पूरा गर्न सकिने बताए । कम्पनिले सो अवसरमा उत्कृष्ट भएका सबै अभिकर्तालाई सम्मान गरेको छ ।
कम्पनिका कार्यकारी प्रमुख दिनेश लाल श्रेष्ठको सभापतित्व एवम कम्पनिका सन्चालक समितीका अध्यक्ष दिपक कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा भएको उदघाटन कार्यक्रममा बिशिस्ट अतिथी सन्चालक समिती सदस्य सजल मास्के, कम्पनिका नायब प्रमुख कार्यकारी होम बहादुर श्रेष्ठ , अन्तरास्ट्रिय मोटिभेटर रबिन कटुवाल,कन्पनिका प्रादेशिक प्रमुखहरु बिजय पराजुली,रामरुप सहनी,बद्रीनाथ पौदेल,रितु प्रदान ,केशवराज गिरि,लोकराज जोशी,दामोदर लामिछाने सहित देश भरका उत्कृष्ट जीवन बिमा अभिकर्ताहरुको उपस्थिति रहेको थियो।