
कलैया । ओम नेशनल एकाडेमी कलेजमा अध्ययनरत छात्रा ज्योति कुमारी झाले कक्षा १२ मा देश मै उत्कृष्ट भएकी छिन् । शुक्रवार प्रकाशित भएको कक्षा १२ को परिक्षामा ३.९२ जिपिए ल्याएर नेपाल कै उत्कृष्ट भएकी हुन ।
कोभीड -१९ ले कक्षा १२ को परिक्षा ढिला भएको थियो । उक्त परिक्षाको नतिजा अनुसार ए प्लस प्राप्त गरेका विद्यार्थीहरुमध्ये ज्योतिले सबैभन्दा बढी जिपिए ल्याएको ओम नेशनल कलेजका अध्यक्ष डा. लालबावु यादवले जानकारी दिएका छन् ।
कलेजको नाम नेपालमै राख्न सफल भएको भन्दै ओम नेशनल कलेजले आईतबार कलेज परिसरमा एक कार्यक्रमका बीच ज्योतिलाई सम्मान समेत गरेको छ । कलेजका अध्यक्ष डा. लालबाबु यादवको अध्यक्षता आयोजना भएको सम्मान कार्यक्रममा ज्योतिसहित कक्षा १२ मा उत्र्तिण भएका सबै विद्यार्थीहरुलाई कलेजले सम्मान गरेको हो ।
उक्त कलेजबाट कक्षा १२ मा १८८ जना विद्यार्थी परिक्षामा सहभागी भएकोमा ९१ जना ए प्लस र ९५ जना ए जिपिए ल्याएका छन् ।यसअघि ज्योतिले एसइई र कक्षा ११ मा पनि उत्कृष्ट अंकको साथ ए प्लस जिपिए ल्याएर उर्तिण भएकी थिइन् ।