कलैया । पर्सा बाट चोरीको मोटरसाईकल सहित एक जना पक्राउ परेका छ । पक्राउ पर्नेमा बिरगंज महानगरपालिका वडा नम्बर १८ बस्ने वर्ष १८को सोनालाल यादव रहेका छन ।

बिरगंज महानगरपालिका वडा नम्बर १५ लक्ष्मणवा चोकबाट जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले चेसिस नं. MBLHA10EZA9J06748  ईन्जिन नं.HA10EFA9J03770 भएको ना १६ प ६८२५ नम्बरको हिरो होण्डा स्प्लेण्डर मोटरसाईकल मोटरसाइकल नम्बर प्लेट हटाई चलाइरहेको अवस्थामा फेला पारेको हो ।

फेला परेको उल्त मोटरसाईकल जगदम्बा मेटल क्राफ्ट ईन्डस्ट्रिज बिरगंजको नाममा दर्ता छ । सोही ईन्डस्ट्रिजमा काम गर्ने बाराको फेटा गाउँपालिका वडा नम्बर १ बस्ने गुड्डु कुमार गिरीलाई कामको सिलसिलामा आवत जावत गर्नको लागी दिएको थियो । गत मंसिर १४ गते बिरगंज स्थित अन्नपुर्ण वायर एण्ड स्टिल ईण्डस्ट्रिजको गेट अगाडि पार्किङ गरी राखिएको अवस्थामा चोरी भएको थियो ।

पक्राउ परेका यादवलाई मोटरसाईकल चोरी सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले बताए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर