कलैया । प्रदेश २ मा ३० दशमलव ४३ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको पूर्ण खोप दिइएको छ ।

सप्तरीमा ३० दशमलव ३१, सिरहामा २९ दशमलव ५७, धनुषामा ३२, महोत्तरीमा २७ दशमलव ७४ प्रतिशत, सर्लाहीमा ३४ दशमलव ५४, रौतहटमा २९ दशमलव ४१, बारामा ३० दशमलव ६४ र पर्सामा २७ दशमलव ७५ प्रतिशतले कोभिड–१९ विरुद्धको पूर्ण खोप लगाएको प्रदेश २ का स्वास्थ्य निर्देशक विजय झाले बताए ।

बारामा हिजो मंगलवार देखि भेरोसेल खोप को पहिलो डोज लगाउन सुरु गरिएको छ । कलैया उपमहानगरपालिका मा मङ्सिर २३ गते सम्म लगाइने स्वास्थ्य कार्यालय बाराले जनाएको छ । त्यस्तै मङ्सिर २७ गते देखि २९ गते सम्म जितपुरसिमरा , महागढिमाई प्रसौनी , फेटा , विश्रामपुर , परवानीपुर , करैयामाइ , बारागढी मा भेरोसेल को पहिलो डोज लगाइने छ । पुष ५ गते देखि ७ गते सम्म सिम्रौनगढ , कोल्हवी , निजगढ, पचरौता , आदर्शकोतवाल , सुवर्ण , देवताल मा खोप लगाइने छ ।

कोरोना भाइरसको सङ्क्रमण कायमै रहे पनि ग्रामीण भेगमा अझै कोरोनाविरुद्धको खोप लगाउन डराइरहेकाले लक्ष्यअनुसार खोप लगाउन नसकिएको स्वास्थ्य निर्देशक झा ले बताउनु भयो । कोरोना भाइरसको नयाँ भेरियन्टको खतरा बढेपछि नेपाल–भारत प्रवेश नाकामा ‘हेल्थ डेस्क’ सञ्चालन गरिएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर