साजिर मन्सूर ,कलैया । बारा सदरमुकाम कलैया स्थित बरेवा दरबार होटेल एन्ड ब्यान्क्विटमा बारा ग्यालेक्सी लायन्स क्लब र महागढिमाई लायन्स क्लबको एक कार्यक्रमका बिच बिधिवत उदघाटन गरिएको छ । गठित बारा ग्यालेक्सी लायन्स क्लबको अध्यक्षमा नवीन अधिकारी,उपाध्यक्ष द्वय पवन सरार्फ र पवन शर्मा,सचिवमा रुपेश भट्टराई कोषाध्यक्षमा श्रीराम गुप्ता लगायत २० सदस्यीय कमिटी चयन गरिएको प्रथम उपाध्यक्ष पवन सरार्फले जानकारी गराएका छन ।
यस्तै सोही अवसरमा सुनिल कुश्वाहाको अध्यक्षतामा महागढिमाई लायन्स क्लबको समेत उदघाटन गरिएको छ । महागढिमाई लायन्स क्लबको प्रथम उपाध्यक्ष ओमनारायण चौरसिया दोस्रो उपाध्यक्ष बजरङ्गीलाल साह सचिवमा ज्ञान प्रकाश रौनियार र कोषाध्यक्षमा अमित कुश्वाहा लगायत ३० सदस्यीय कमिटी चयन गरिएको सह सचिव बिक्की कुमार महतोले बताए । सन्स्थाले थुप्रै किसिमका समाजिक कार्य गर्ने सो अवसरमा क्लबका सह सचिव सुभाष जयस्वालले बताए । संस्थाले समाजमा विभिन्न खालका समाजिक सेवा गर्ने संस्थाका नव निर्वाचित अध्यक्षहरुले बताएका छन ।
लायन्स क्लब अफ बाराका जिल्ला गभर्नर केशव पाण्डेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा महाबिर रिसाल,मधुकर उपाध्याय,दिपेश श्रेष्ठ,शिव कुमार कटुवाल,प्रणिता बराल,प्रदुमन पोखरेल,सागर सिग्देल,राजकुमार गुरुङ,खडग प्रसाद उप्रेती,नम्रता रिसाल,सुमन खनाल लगायतकाको उपस्थिति रहेको थियो ।
स्मरण रहोस यस अगाडी समाजसेवी दिलिप चौधरीको अध्यक्षतामा लायन्स क्लब अफ कलैयाको समेत पदाधिकारी चयन भैसकेको छ । चौधरी नेतृत्वको लायन्स क्लबले कलैयामा थुप्रै समाजिक कार्य गर्दै आएको छ । अब नव गठित लायन्स क्लबहरुले समाजमा कति समाजिक कार्य गर्दैछन हेर्न बाकी नै छ । आजको कार्यक्रमको सन्चालन संस्थाका क्षेत्रीय अध्यक्ष महाबिर रिसालले गरेका थिए ।