साजिर मन्सूर, कलैया । सुवर्ण गाउपालिकाको जनताका स्वास्थ सेवामा सहज पहुचका लागि प्रत्येक वडामा स्वास्थ चौकी निर्माण गरेको गाउपालिका अध्यक्ष महेन्द्र प्रसाद यादबले बताएका छन ।
गाउपालिकाको आठौ बिशेस गाउँ सभालाई सम्बोधन गर्दै यादबले यस्तो बताएका छन । यादबले कुनै पनि भौतिक संरचना नभएको सुवर्ण गाउपालिमा सबै खालका भौतिक संरचना सम्पन्न गराउन लागिपरेको बताएका हुन ।
आफ्नो गाउपालिकाको अन्य वडा र गाउटोलमा त कुरै छोडौ गाउपालिकाको कार्यालय रहेको मुख्य बजार चौक वडा नम्बर २ कवही गोठमा समेत कुनै प्रकारको बिकास र संरचना नभएको तितो अनुभव गाउपालिका बासी सङ्ग रहेको बेला आफुले गाउपालिका बाट सो स्थानमा रहेको पुरानो श्री नेरा मा बिको नया भवन ११ कट्ठाको जग्गामा २४ कोठाको करिब २ करोड को लगानीमा तयार गराएर यहाका निम्न तप्काका जनताको बालबालिकाका लागि शिक्षामा सहज पहुच पुर्याउन सफल भएको बताएका छन ।
यादबले सो बिधालयमा प्राबिधिक धार तर्फ पनि कम्प्युटर शिक्षा अध्यापन शुरु गरिएको र सो कालागी समेत गाउपालिकाले आवश्यक सहयोग गरेको बताएका छन । यो सङ्गै अध्यक्ष यादबले गाउपालिकामा जनताको काम सहज र छिटो होस भनेर गाउपालिका भवन निर्माण,सुत्केरी महिलाहरुको सहजताका लागि बर्थिङ्ग सेन्टर निर्माण, सुवर्ण बासिका लागि ब्यवस्थित बजारका लागी सेड निर्माण कार्य,सबै वडामा सहज सेवा प्रवाहका लागि नया वडा कार्यालय भवन निर्माण सङ्गै बिवाह मण्डप भवन निर्माण ,सदरमुकाम सङ्ग गाउपालिका लाई जोड्ने बाटो बनाउन लगायतका महत्वपुर्ण कार्य गरेको बताएका छन ।
बिशेष गाउँ सभालाई सम्बोधन गर्दै अध्यक्ष यादबले आफुले बोल्ने भन्दा बढि काम गर्नुपर्ने र जनताको चाहनालाई प्राथमिकता दिनुपर्ने बिचारलाई आत्मसाथ गर्दै अगाडि बढिरहेको बताएका छन ।
यता गाउपालिकाको प्रमुख प्रशासकिय अधिकृत नवीन कुमार श्रीवास्तबले पालिकाको सबै कर्मचारी गाउ सभाबाट पारित नीति तथा कार्यक्रम पुर्ण सफल र सम्पन्न गराउन दिनरात एक गरेर लागि पर्ने गरेको ठोकुवा गरे । श्रीवास्तवले गाउ सभा हामी कर्मचारीहरुको लागि उर्जाको श्रोत भएको बताएका छन । श्रीवास्तवले आठौ बिशेष गाउसभा आफैमा एतिहासिक रहेको बताउदै गाउँ सभाले निर्धारण गरेका योजना कार्यान्वयनमा युद्धस्तरमा लागिपर्ने बताए ।
प्रदेश सान्सद बच्चा प्रसाद यादबको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सम्बिधान सभा सदस्य राम अयोध्या प्रसाद यादब,गाउपालिका उपाध्यक्ष बबिता यादब,वडा अध्यक्षहरु क्रमशः हरिचन्द्र महतो,रन्जित यादब,महेन्द्र राउत अहिर,दोलेन्द्र यादब,राम एकबाल साह,शिवधारी दास तत्मा,बिजय सिंह,सैफुल्लाह मिया कुजडा कार्यपालिका सदस्यहरु रामेस्वर ठाकुर,रिमा राम,जसपा बाराका उपाध्यक्ष धर्मबिर यादब,ईन्जिनियर नवल यादब,कवही माबिका प्रधानाध्यापक ईदृस मिया,सहित समस्त शाखाका प्रमुख र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
गाउपालिका उपाध्यक्ष यादबले नीति कार्यक्रम तथा बजेट भाषण गरेकी थिइन । गाउपालिकाको प्रमुख प्रशासकिय अधिकृत नवीन कुमार श्रीवास्तवले स्वागत गरेको कार्यक्रमको सन्चालन जगत यादबले गरेका थिए ।