साजिर मन्सूर
कलैया,पौष ९
सिभिल बैंक कलैयाले एक जना जेहेन्दार तथा गरिब बिद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । बैंकको एघारौं वार्षिकोत्सवको अवसरमा पारेर बैंक कलैया शाखाले श्री सिद्धेशवर संस्कृत मा. बि. कलैयाको कक्षा ७ मा अध्ययन गर्ने छात्रा प्राप्ती सहनीलाई शैक्षिक छात्रबृत्ति अन्तरगत आर्थिक सहयोग प्रदान गरेको शाखा प्रबन्धक सुनिल मेहताले जानकारी गराएका छन । बैंकले हरेक वर्षझै यस वर्ष पनि आफ्नो वार्षिकोत्सवको अवसरमा छात्रवृत्ति प्रदान गरेको शाखा प्रमुख मेहताले बताए । बैंकले छोटो समयमा आफ्नो ग्राहकहरुको मन जित्दै, समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ बैक अगाडी बढिरहेको श्री सिदेस्वर संस्कृत माबी का प्रधानाध्यापक छबिरमण सुबेदिले बताए । सुबेदिले यसरी नै हरेक संघ संस्थाले गरिब तथा जेहेन्दार बिद्यार्थीको शैक्षिक प्रगति र उच्च- शिक्षाका लागि छात्रवृत्ति सहयोग गर्नुपर्नेमा सुझाव दिदै सिभिल बैंकले गरेको सहयोग प्रती धन्यवाद प्रकट गरे साथै हरेक बर्ष यस्ता कार्यक्रमको निरन्तरताका लागि आग्रह गरेका छन । छात्रवृत्ति बितरणका अवसरमा बैंक कलैया शाखाको ऋण अधिकृत निखिल अधिकारी,प्रशासन शाखा प्रमुख हिना आलम,ग्राहक सेवा शाखाको प्रीयन्का यादब,क्यासियर देवर जित यादब र बिधालयका शिक्षकहरुको उपस्थिति रहेको थियो ।
ताजा समाचार
© 2024, All right reserved to Bishwas FM 93.6 MHz
Design By : Newlife Ranjit Yadav / 9814232702